म्याराडोनाको जर्सी खेलकुद जगतकै महँगो लिलामी
सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा स्वर्गीय डिएगो म्याराडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको छ ।
बुधबार अक्सानमार्फत अर्जेन्टिनी सुपरस्टारले लगाएको जर्सी ७.१४ मिलियन पाउन्ड (८.९३ मिलियन डलर)मा बिक्री भएको हो ।
विश्वकप क्वाटरफाइनलमा उनले सो जर्सीलगाएका थिए । मेक्सिकोमा भएको विश्वकपको सो खेलमा सोही जर्सी लगाएर उनले २ गोल गरेका थिए । दोस्रो हाफको छैटौं मिनेटमा आफूले गरेको गोललाई म्याराडोना आफैंले ‘ह्यान्ड अफ गड’को उपमा दिएका थिए ।
पहिलो गोलको चार मिनेट पश्चात फेरी बल ड्रिबल गर्दै दोस्रो महत्वपूर्ण गोल गरेका थिए । खेलपछि उनको त्यो महत्वपूर्ण जर्सी इङ्ल्यान्डका खेलाडी स्टिभ होजले पाएका थिए ।