एक लाखको माला लगाउने अध्यक्ष उम्मेदवारलाई स्पष्टिकरण
क लाख रुपैयाँको माला लगाउने र लगाइदिने ताँजाकोट गाउँपालिकाका अध्यक्ष उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले स्पष्टिकरण सोधेको छ ।
अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले गत बुधबार एक लाखको माला अध्यक्ष पदका प्रत्यासी लालकेश जैशीलाई लगाइदिएर आफ्नो उम्मेदवारी निष्कृय पारेको बताएका थिए ।
बागी उठेका खड्काले उम्मदवारी निष्कृय भएपछि आफ्नो चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको बताएका थिए ।