हलेसीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल
स्थानीय चुनावमा नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन भएपनि हलेसी–तुवाचुङ नगरपालिकामा वाम तालमेल भएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित वडा तहसम्मै तालमेल गरेको एमाले नगर इन्चार्ज रमेश तिवारीले बताए ।
एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको छ । अलग–अलग मनोनयन दर्ता गरेपनि पछि वाम तालमेलको निर्णय भएको हो ।
सहमति अनुसार, तीन दलले एमालेका मेयर उम्मेद्वार खडेन्द्र राईलाई समर्थन जनाएका छन् भने उपमेयरमा माओवादी केन्द्रका अमेम्बर राई छन् ।