रोल्पाका माओवादी उम्मेदवारको घोषणा : मन्दिर, गुम्बा र चर्च बनाउन अनुदान
रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका शुकबहादुर बुढामगरले मन्दिर, गुम्बा र चर्च निर्माणका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । चुनावी प्रतिबद्धता पत्रमा बुढामगरले पालिकाका ६ वटै वडामा सबै धर्मावलम्बीका लागि बराबर बजेट छुट्याइने घोषणा गरेका हुन् ।
जनस्तरबाट मन्दिर, चर्च र गुम्बा निर्माणको माग अत्यधिक आउने गरेको भन्दै उनले त्यही मागलाई सम्बोधन गर्ने क्रममा भौतिक संरचना बनाउन अनुदान दिइने बताए । चुनावी प्रतिबद्धतापत्रमा उनले लेखेका छन्, ‘विभिन्न जात धर्म, सँस्कृतिसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण गरिने छ ।’