स्थानीय तहमा महिलाको कम उपस्थितिले दूरगामी असर गर्ने
स्थानीय तहमा महिलाको कम उपस्थितिले दूरगामी असर पुर्याउने भन्दै महिला अधिकारकर्मीले चिन्ता जनाएका छन् ।
वुमन एन्जिओ फेडेरेशनको आयोजना तथा संकल्पको सहकार्यमा काठमाडौंको भएको कार्यक्रमका सहभागी उनीहरुले संविधान र कानूनले बाध्यात्मक व्यवस्था गरेको पदमा मात्रै दलहरुले महिलालाई प्राथमिकता दिएको आरोप लगाए । महिलालाई हस्तक्षेपकारी भूमिका दिन राजनीतिक दलले कन्जुस्याइँ गरेको उनीहरुको भनाइ छ ।
कार्यक्रममा सहभागी विवेशशील साझा पार्टीबाट काठमाडौंको मेयरमा उठेकी समीक्षा बास्कोटाले म नै कानून, म नै राज्य हुँ भन्ने पुरुष दम्भले महिला उम्मेदवार कम भएका बताइन् ।
राजधानी र राजनीतिको फोहोर सफा गर्न आफूले उम्मेदवारी दिएको उनले बताइन् ।