विस्तारित प्रतिकूलताबीच विजयको योजनामा हरिकृष्ण व्यञ्जनकार
२०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकार नेपाली कांग्रेसका चिरिबाबु महर्जनसँग केवल ३२६ मतले पराजित भएका थिए ।
पाँच वर्षपछि यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ललितपुरमा पुरानै प्रतिस्पर्धा दोहोरिने भएको छ । यो पटक पनि कांग्रेसबाट महर्जन र एमालेबाट व्यञ्जनकार मेयरमा उठेका छन् । प्रतिस्पर्धी पुरानै भए पनि दलीय शक्ति सन्तुलन भने फेरिएको छ ।