रहस्यमय मृत्यु रुकुम पूर्वमा महिलाको : एमाले र माओवादीबीच आरोप प्रत्यारोप
चुनावको मुखमा गाउँबाट हराएकी महिलाको शव भेटिएपछि रुकुम पूर्वमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच तनाव बढेको छ ।
सोमबार जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–११, तल्लोसेराकी ३८ वर्षीया दुथी बुढा मगरको शव स्थानीय जंगलमा फेला परेको थियो ।
गाउँबाट १९ वैशाखदेखि हराएकी उनको २६ वैशाखमा शव भेटिएपछि माओवादी केन्द्रका नेता तथा वडा नं. ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्षका उम्मेदवार कुमार सिंह पक्राउ परेका छन् ।