एमाले उम्मेदवार महतो माडीमा मतान्तर बढाउँदै
चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार ताराकुमारी काजी महतोले आफ्नो मतान्तर बढाउँदै लगेकी छन् । आइतबार दिउँसोसम्मको मतगणनामा ताराले चार हजार ६३ मत पाएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले दुई हजार ७४६ मत पाएका छन् ।उपमेयरमा नेपाली कांग्रेसका खेम महतोले २२७९ मत पाएका छन् । त्यस्तै राप्रपा उम्मेदवार मदन पौडेलले १८१४ र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १८१५ मत पाएका छन् । माडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ ।