कांग्रेसले बनाएको नीतिको ब्याज र साउँ खाने पार्टी एमालेः प्रवक्ता महत
नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले झूठ बोलेको आरोप लगाएको छ ।
ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ६७ बुँदे अपिलमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै सोमबार पार्टी कार्यालयमा आयोजित काउन्टर पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले ओली झूठको पुलिन्दा भएको आरोप लगाएका हुन् ।
प्रवक्ता महतले नेपाली कांग्रेसले बनाएको नीतिको साउँ र ब्याज खाने पार्टी भएको भन्दै एमाले र त्यसका अध्यक्ष ओलीको चर्को आलोचना गरेका छन् । ‘झूठो आरोपको पुलिन्दा ओलीले लगाउनु भएको छ । कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले जतातै निजी उद्योग फस्टायो,’ उनले भने, ‘उहाँले बाँसबारी छाला जुत्ता उद्योग बन्द भएको उदाहरण दिनुहुन्छ । तर, त्यहाँ मुटुरोग अस्पताल बनेको बिर्सिनु भयो ।’