विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : बास्तोला
नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेक्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पनि विप्लवको पार्टीलाई संसदबादी भनेर बुझ्ने टिप्पणी गरे।
‘उहाँहरु ३० गते पछि फर्किन्छौं, चुनावमा जाँदैनौं भन्नुहुन्छ,’ उनको भनाइ छ, ‘तर, महासचिव र प्रवक्ताले पार्टीको नीतिलाई उल्लघंन गरेर चुनावपरस्त भएर जानुभएको छ। त्यो सजिलै साफ हुने कुरा छैन । र, जनताले बुझ्दा उहाँहरुलाई संसदवादी पार्टी भनेर बुझ्छन् । र, नीतिगत हिसाबले उहाँहरु संसदवादमा गइसक्नुभएको छ।’