वक्तामा नाम नभएपछि कांग्रेस नेता निधि आक्रोशित, जनकपुरको सभा बहिस्कार गर्ने
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचिमा आपत्ति जनाएका छन् ।
शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरि परिचालन समितिले नाम सार्वजनिक गरेको थियो । उक्त सूचिमा निधिको नाम कहिं पनि उल्लेख छैन । जनकपुरको सभामासमेत उनको नाम समावेश गरिएको छैन ।
त्यसैले २४ वैशाख (आगामी शनिबार) धनुषामा हुने चुनावी सभा उनले बहिस्कार गर्ने भएका छन् । ‘पर्सि धनुषामा चुनावी सभा छ ।नेताहरुकै गृह जिल्लामा समेत नाम उल्लेख नगरेकोमा आफूहरुको आपत्ति रहेको उनले बताए । चुनावी सभामा सहभागी हुने केन्द्रीय नेताहरुको सूचि बनाउने क्रममा निधिसँग परिचालन समितिले कुनै छलफल समेत नगरेको झाले दाबी गरे ।