रामचन्द्र पौडेल : जनप्रतिनिधि शासक भन्दा सेवक बन्नुपर्छ
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधि जनताको शासक भन्दा सेवक हुनु पर्ने बताएका छन् ।
तनहुँको दमौलीमा आज आयोजित नेपाली कांग्रेसको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै उनले जनताको शिर उच्च राख्दै जनप्रतिनिधिले जनताको सेवा गर्नु पर्ने बताए ।
वरिष्ठ नेता पौडेलकै गृहनगर समेत रहेको व्यासमा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेका छन् ।व्यासको मेयरमा कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाए । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन् । उनले १२ हजार ४९८ मत पाइन् । प्रतिस्पर्धी नेकपा एमालेका बसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् ।