भक्तपुरमा पाँच तलाबाट खसेर महिलाको मृत्यु
भक्तपुरमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।