रेनु दाहाल १८५२ मतले अगाडि भरतपुर महानगरमा
चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मत अन्तर थप फराकिलो बनाएकी छन् ।पछिल्लो मत परिणाम अनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छन् । रेनुले १० हजार ४४९ मत पाउँदा एमालेका विजय सुवेदीको मत ८ हजार ५९७ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।
उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन् । उनको प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।अहिले भरतपुर महानगरपालिकाको ७ नम्बर वडाको मत गणना भइरहेको छ । एमालेको पक्षमा ४०० मत आउँदा एकीकृत समाजवादीको पक्षमा ४९३ मत परेको छ ।चितवनको भरतपुर महानगरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तथा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए ।