देश दौडाहमा रहेका शीर्ष नेतालाई गृहजिल्लामै धौधौ
स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन सम्मुखमै आइपुग्दा शीर्ष नेताहरूको चुनावी दौडाहा तीव्र छ । आइतबार मात्रै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुटवल र चितवनको सभामा सम्बोधन गरे ।
प्रधानमन्त्री एमव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै दिन पोखरा, घोराही र तुलसीपुरका सभालाई सम्बोधन गरे ।
पार्टीका नेताहरू जिताउन देश दौडाहा गरिरहेका शीर्ष नेताहरुलाई आफ्नो पार्टीलाई विजयी बनाउने त चुनौती त छँदैछ, आफ्नै गृहजिल्लामा साख जोगाउन समेत धौ-धौ छ ।