हेटौंडामा एकीकृत समाजवादीकी मिना लामाले २० हजार मत कटाइन्
हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी मिना लामाले २० हजार मत कटाएकी छन्।पछिल्लो मतपरिणाम अनुसार कुल ६३ हजार ५२६ मत गणना गर्दा लामाले २० हजार ८१ मत ल्याएकी छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेलले १८ हजार २७२ मत ल्याएका छन्। यस्तै राप्रपाका दिपक बहादुर सिंह १७ हजार ६५० मतसहित तेस्रो स्थानमा छन्। अघिल्लो निर्वाचनमा हेटौंडाको मेयरमा नेकपा एमालेका हरिबहादुर महत विजयी भएका थिए।