नतिजा: १३ मा एमाले, ९ मा कांग्रेस विजयी ३० पालिकाको
हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।
अहिलेसम्म ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जित हात पारेको छ।
त्यस्तै माओवादी केन्द्रले ६ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।