मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ २ जना
प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१० रानीघाट ठेगाना भएका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका-७ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।
वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट शिवपार्वतीबाट खटिएको प्रहरीले उनीहरूलाई मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।