एजेण्डा र जनमत दुवै हिसाबले चुनाव जितिसक्यौं : खेलराज पाण्डेय
नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेय दोस्रोपटक बुटवल उपमहानगरपालिका प्रमुखको चुनाव लडिरहेका छन् । अघिल्लो चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४०० मतान्तरले पराजित भएका पाण्डेय अहिले गठबन्धनको सहयोगमा एमालेसँग बदला लिन चाहन्छन् ।आकांक्षा राख्नु स्वाभाविक हो, तर हरेक पार्टीको आफ्नै विधि र प्रक्रिया हुन्छ । नगर समितिको बैठकमा मलाई उठाउँदा नै बुटवलमा एमालेको विरासत तोड्न सकिन्छ, चुनाव जित्न सकिन्छ भन्ने पार्टीका अधिकांश साथीको मत आएपछि सर्वसम्मत रूपमा मलाई सिफारिस गरेको हो । नगरको सिफारिस क्षेत्र, जिल्ला र प्रदेशले अनुमोदन गरेपछि मात्रै टिकट पाएको हो ।