म्यादी प्रहरीको मृत्यु लेक लागेर उपल्लो डोल्पामा
उपल्लो डाेल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डाेल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।
उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा लेक लागेर उनको मृत्यु भएको अधिकारीले बताए ।उनका अनुसार विककाे लेक लागेर मृत्यु भएको हाे ।