मृत्युको कारण शव चिरेर पत्ता लगाउने डा. गोपाल चौधरी
मृत मानिसको शरीर चिर्नु चानचुने कुरा होइन । थ्रीडी (डर्टी, डेन्जरस र डिफिकल्ट) समेत भनिने पोस्टमार्टम गर्ने काममा धेरैको रुचि देखिंदैन । हुन त यो बाध्यकारी पेसा त होइन, तर अस्पतालका लागि अनिवार्य भने अवश्य हो ।
मृत्यु भइसकेको मानिसको शरीर चिर्नु पक्कै सहज काम होइन । त्यसैले त यो पेसामा संलग्न हुनेहरूको संख्या पनि न्यून छ । काठमाडौं मेडिकल कलेजबाट २०६१ सालमा एमबीबीएस उत्तीर्ण गरेपछि उनले चार वर्षसम्म त्यहींको इमरजेन्सी, आईसीयू, वार्ड र फोरेन्सिक मेडिकल विभागमा काम गरे । त्यसैक्रममा फोरेन्सिक विशेषज्ञ प्रा. डा. हरिहर वस्तीसँग उनको भेट भयो । फोरेन्सिक मेडिसिनमा जनशक्तिको एकदमै कमी छ ।
धेरै डाक्टर जिउँदो मानिसको उपचार गर्ने पद्धतिमा जोडिएका हुन्छन्, मृत्यु भइसकेको मान्छेको मृत्युको कारण पत्ता लगाउने काममा जोडिन चाहँदैनन् । त्रिविको फोरेन्सिक विभागमा अहिले डा. चौधरीसहित चार जना चिकित्सक कार्यरत् छन् ।