खेलाडी-प्रशिक्षक विवादबारे छलफल गर्न आज एन्फा कार्यसमिति बैठक बस्दै
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बस्दैछ । पहिलो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो ।
एन्फा महासचिव ईन्द्रमान तुलाधारका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ ।
राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाए ।
एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले हटाएपछि सुरु भएको विवाद दुइ साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेको छैन ।