अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी पाल्पाको माथागढीमा
पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका यमबहादुर चिदी र उपाध्यक्षमा विष्णुमाया लुङचे निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित भएका चिदीले ६ हजार १०९ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५५४ मत पाए । यस्तै उपाध्यक्षमा निर्वाचित एमालेकी लुङचे ५ हजार ८८२ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६४४ मत पाएकी छन् २०७४ सालमा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो ।