भोट माग्न हरिकृष्णको घरदैलो : हात जोड्दै्ै हिँड्दै
आइतबार अपरान्ह पाँच बजे ललितपुरको सुनाकोठीमा एउटा समूह नेकपा एमालेको चुनाव प्रचार प्रसारमा थियो । त्यही समूहको बीचतिर थिए ललितपुर महानगरपालिका मेयरका उम्मेदवार हरिकृण ब्यञ्जनकार ।
‘महानगरबासी के भन्छन्, ब्यञ्जनकारलाई ले भन्छन्’ भन्दै नारा घन्काउदै यो समूह अघि बढ्छ, उनी पनि सँगसँगै हिँड्छन् । स्थानीय नागरिकले बाजागाजासहितको टोलीको बीचमा रहेका ब्यञ्जनकार सडकछेउका सर्वसाधारणलाई हेर्छन् र नमस्ते गर्छन् ।
सडकमा चलिरहेका सवारी साधनमा रहेकाहरुलाई समेत उनी मुसुक्क हासेर नमस्ते टक्र्याउँछन् र मुसुक्क हाँस्दै अगाडि बढ्छन् । व्यञ्जनकारसंगै छिन् उपमेयरकी उम्मेदवार मञ्जली शाक्य ।
नाम घरदैलो भएपनि करिब दुई घण्टासम्म ब्यञ्जनकारको टिमलाई पछ्याउदा उनीहरु कुनै पनि घरमा भने थिएनन् ।