पछि हटे कँडेल, पालुङटारको मेयरमा जसपालाई समर्थन
नेपाली कांग्रेसका दिपकबाबु कँडेलले पालुङटार नगरपालिकाको मेयरमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले आइतबार वक्तव्य जारी गर्दै गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीलाई पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी सम्पूर्ण नगरबासी दाजुभाइ दिदीबहिनीहरु समक्ष पार्टीको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’