महागठबन्धन फेरि लाग्यो अगाडि ओलीको गृहनगर दमकमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ । यसअघिको परिणाममा एमालेले अग्रता लिएको भएपनि भर्खरै सार्वजनिक परिणामा गठबन्धन अगाडि देखिएको हो ।
महागठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राम थापालाई २१८५ मतसहित अग्रता लिएका हुन् । थापालाई एमालेका उम्मेदवार गीता अधिकारीले २१३६ मतका साथ पछ्याइराखेको अवस्था छ । महागठबन्धनका उम्मेदवार थापाले ४९ मतकाे अग्रता लिएका छन् ।
एमालेका अम्बिकाप्रसाद खनालले भने १९७७ मत मात्र पाएका छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवार भट्टराईले १७२ मतकाे अग्रता बनाएकी छिन् ।