जनताको अपमान एमालेले धाँधली भयो भन्नु : माओवादी नेता पुन
नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संघीय चुनावमा एमालले अहिलेको स्थानीय तहमा भन्दा भन्दा ठूलो पराजय भोग्ने दाबी गरेका छन् ।
रोल्पाको लिवाङमा आयोजित विजय सभालाई सम्बोधन गर्दै गर्दै उनले यस्तो दाबी गरेका हुन् । लिवाङ नगरपालिको मेयरमा माओवादीका सुरेन्द्र घर्ती विजयी भएका छन् । उनको विजयपछिको सभालाई सम्बोधन गर्दै नेता पुनले भने देशभरको परिणामलाई नियाल्दा स्थानीय तहमा एमालेले ०७४ को तुलनामा केही पराजय भोगेको बताए ।
‘यो त स्थानीय चुनाव हो, संघ र प्रदेशमा यो भन्दा लज्जास्पद हुनेछ । एमालेका लागि ठूलो पराजय हुने यसले पनि देखाउँछ’ नेता पुनले थपे, ‘माओवादीलाई कसैले हेप्छ भने उ स्वयं नै पछारिन्छ भन्ने इतिहासले पटक–पटक पुष्टि गरेको छ ।’
नेता पुनले एमाले महासचिव शंकर पोशखेलले धाँधली भयो भन्दै आइतबार जारी गरेको विज्ञप्तिको पनि खण्डन गरे ।
‘हिजो मात्रै हामीले दुःख समाचार पनि सुन्यौं । नेकपा एमालेका महासचिवले निर्वाचन सकिएको तीन दिनपछि धाधली भयो भन्नु भएछ’ पुन भन्छन्, आश्चार्यको कुरा ६० प्रतिशत एक्लै जित्छौं भन्ने साथीहरु तीन दिनपछि आएर धाधली भयो भन्नुहुन्छ । यो जनतामाथिको अपमान हो ।’