नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना छ : विनायक साह
होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा सेफहरु मनग्य उत्पादन भएपनि सबै क्षेत्रमा पुर्याउन नसकिएको बताए ।
अधिकांश पाँचतारे होटलहरु काठमाडौंमै रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरुचाउने गरेको बताए । वरिष्ठ उपाध्यक्ष साहले सिद्धहस्त सेफहरुको पहिलो रोजाइ विदेश भएकोले पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको बताए ।
‘यसमा अहिले व्यवस्थापनको समस्या छ । सेफ उत्पादन मनग्य भएको छ । तर काठमाडौंमा सबै केन्द्रित हुनुहुन्छ । काठमाडौं भन्दा बाहिर पनि धेरै ठाउँमा पाँचतारे होटल बनेका छन् ।