कोरोना महामारीमा अनलाइनखबर पहिलो विश्वसनीय खबर दिनेमा
रोना महामारीको समयमा राष्ट्रियस्तरका सञ्चारमाध्यममा प्रकाशित समाचारको विश्लेषण गर्दा विश्वसनीय स्रोतको रुपमा अनलाइनखबर डटकम रहेको अध्ययनले देखाएको छ ।युएस डिपार्टमेन्ट अफ स्टेटको सहयोगमा मिडिया एक्सन नेपालले कोरोना महामारीको समयमा प्रकाशित भएका समाचारलाई अध्ययन गर्दा विश्वसनीय खबर दिनेमा अनलाइखबर डट कम पहिलो रहेको पाइएको छ ।
११ चैत २०७६ देखि ७ असार २०७७ सम्म राष्ट्रियस्तरका १० अखबार र १० अनलाइन समाचार पोर्टलहरुमा प्रकाशित भएका समाचार–सामग्री अध्ययनमा समावेश भएका थिए । ती सञ्चार माध्यमका ४९ हजार ५१ वटा समाचार सामग्री अध्ययन गर्दा एक हजार ८१७ वटा समाचार गलत र भ्रामक प्रकाशित भएको अध्ययनले देखाएको छ । जसमध्ये अनलाइखबर डट कममा एउटा गलत सूचना प्रकाशित भएको अध्ययनले देखाएको छ ।
त्यसैगरी, द हिमालयन टाइम्स दैनिकले २, बाह्रखरी डटकमले २, द काठमाण्डु पोष्ट दैनिकले ३, सेतोपाटी डटकमले ५, थाहा खबर डटकमले ६, देश सञ्चार डटकमले ६ वटा गतल सूचना प्रकाशित गरेको पाइएको थियो ।