स्थापितले आफ्नै उपमेयरको उम्मेदवारको पनि अपमान गरे : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं मेयरका उम्मेदवार केशव स्थापितले सिंगो महिला जगतको अपमान गरेको टिप्पणी गरेका छन् ।
सार्वजनिक मञ्जमा बोल्ने क्रममा एमाले उम्मेदवार स्थापितले महिलाको अपमान गरेको भन्दै उनले भने,‘सूर्यमा मतदान गर्ने महिलाहरुको पनि अपमान हो । स्वयं उहाँकै उपमेयरको उम्मेदवारको पनि अपमान हो ।’ एमालेले काठमाडौंमा उपमेयरको उम्मेदवार सुनीता डंगोललाई बनाएको छ । स्थापितले चुनावी कार्यक्रमहरुमा गरेको भाषणलाई थापाले ‘हेट स्पिच’ को संज्ञा दिए ।