नगर प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी गुलरियाको
बर्दियाको गुलरिया नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सवित्रा गौतम निर्वाचित भएका हुन् ।
नगरप्रमुखमा निर्वाचित गौतमले ७ हजार ९८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाए । नगरप्रमुखका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका गेहेन्द्र प्रसाद ढकालले ५ हजार १०, जनमत पार्टीका मंगरे गोडियाले ३ हजार ४७५, राप्रपाका सुजित राय श्रीवास्तवले १ हजार ५८३ र जसपाका सुधाकर मिश्रले १ हजार ४२४ मत पाएका छन् ।