माधव नेपालको आग्रह : काठमाडौंमा संयुक्त रुपमा अगाडि बढ्नुस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन आग्रह गरेका छन् ।
सत्ता गठबन्धनमा भाएको भागवण्डाअनुसार कांग्रेसकी सिर्जना सिंहले मेयर र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उपमेयरको उम्मेदवार छन् । तर वडा तहमा तालमेल नभएका कारण संयुक्त चुनावी अभियान सञ्चालन हुन सकेको छैन ।