बैतडीको डिलासैनीमा प्यानलसहित उठेका बागीको दबदबा
बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा मात्र होइन, ५ वटा वडामा वडाध्यक्षसहितको स्वतन्त्र प्यानल उठेको छ ।
र यो प्यानल पुतली चुनाव चिन्ह बोकेर गाउँ गाउँमा भोट माग्न जान थालेको छ । स्वतन्त्र भने पनि यो प्यानल नेकपा एमालेको बागी हो
यसको नेतृत्व नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहिसकेका सन्तोषप्रकाश जोशीले गरेका छन् ।
जोशीलाई एमाले गाउँ कमिटीले उम्मेदवार सिफारिस गरेको थियो । तर उनको नाममा टिकट आएन । जोशीको सट्टा अक्कलबहादुर रानाले अध्यक्षको टिकट पाए ।