उपेन्द्रको अग्रता कागेश्वरी मनोहरामा रामेश्वरलाई उछिन्दै
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् ।सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार रामेश्वर ढुंगानालाई पछि पार्दै कार्की ४९६ मतको अग्रता लिएका हुन् ।कार्कीले ३ हजार ६५७ मत पाउँदा प्रतिस्पर्धी एमालेका रामेश्वर ढुङ्गानाले ३ हजार १६१ मत प्राप्त गरेका छन् ।
हालसम्म वडा नम्बर १ र ९ को मतगणना सकिएको छ । हाल वडा नम्बर २ र ८ को मतगणना जारी रहेको छ ।वडा नं २ मा कार्कीले ३८० र ढुङ्गानाले २९५ मत पाएका छन् भने वडा नम्बर ८ मा कांग्रेसले ३६७ र ढुङ्गानाले १८० मत ल्याएका छन् ।