प्रचण्डको अभिव्यक्तिबारे रेनुको प्रष्टीकरण– धम्की होइन, सचेत गराउनुभएको हो
नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिएकी छन् ।
आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको होइन । त्यसलाई गतल अर्थ लगाइयो । त्यसलाई अलि अपव्याख्या गरियो । उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो ।’