ललितपुरको उपमेयरमा प्रचण्ड र बादलका उम्मेदवार मुख्य प्रतिस्पर्धी
ललितपुर महानगरपालिकाको उपमेयरमा दलीय र स्वतन्त्र गरी ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
पाँच दलीय दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्य, नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्य, राप्रपाकी स्वर्णिमा शाक्य, नेमकिपाकी ममिता श्रेष्ठ, नेपाल सुशासन पार्टीकी जानकी प्रधान श्रेष्ठ, नेकपा मालेकी शर्मिस्ता श्रेष्ठ र जनमत पार्टीकी कुसुम बज्राचार्य उम्मेदवार छन् । त्यस्तै स्वतन्त्र रुपमा रत्न व्यञ्जनकार, सुविनकुमार थापा, राजन खड्का, अजरमान जोशीले उपमेयरमा उम्मेदवारी दिएका छन् ।
११ जनामध्ये मुख्य प्रतिस्पर्धी हुन्– माओवादी केन्द्रका बाबुराज र एमालेकी मञ्जली ।
तत्कालीन माओवादीको सशस्त्र विद्रोहका क्रममा सँगसँगै रहेका उनीहरु एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा पनि सहकर्मी नै थिए । तर प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजन हुँदा रामबहादुर थापा बादल समूह, नेकपा एमालेमै रह्यो । त्यो समूहमा रहेकी मञ्जली पनि एमालेमै रहिन् ।