मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
छिन्नमस्ता गाउँपालिका-१ बिरपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को१७प ८५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री तिलाठी कैलालीका ३५ वर्षीय सतिस यादवको बुधबार राति मृत्यु भएको हो ।