खुकुरी प्रहार आरोपमा माओवादी कार्यकर्ता पक्राउ रोल्पामा
रोल्पामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई पक्राउ गरेको छ।
वैशाख २६ गते बेलुकी गंगादेब गाउँपालिका वडा नम्बर ५ कुइन्यौंटा डाँडोमा चुनाव प्रचारप्रसार गरी फर्कंदै गरेका तरूण दलका कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए।
आक्रमणबाट तरण दलका कार्यकर्ता ३० वर्षका मानबहादुर बुढा र २० वर्षीय कमल बुढा गम्भीर घाइते भएका थिए। उनीहरुको ढाड लगायत शरीरको विभिन्न भागमो गहिरो चोट लागेको थियो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार घटनामा संलग्न रहेका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ।