चुनाव प्रचारमा हिँड्न डराउँछन् महिला
दिपायल सिलगढी नगरपालिका–६ का वडा सदस्यका उम्मेदवार सरिता दियाली चुनाव प्रचारमा हिँड्न अप्ठेरो लागेको बताउँछिन् ।
‘युवाहरु हुन्छन्, अलि अलि मदिरा सेवन गर्छन्, हो–हल्ला गर्छन्’ दियालीले महिलाहरु चुनाव प्रचारमा जान नमान्नुको कारणबारे भनिन्, ‘महिलाहरुले आफूलाई असुरक्षित महसुस गर्छन् ।’