न्यायपालिकाप्रति जनविश्वास बढाउन प्रतिबद्ध छु : कामु प्रधानन्यायाधीश कार्की
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाप्रति जनविश्वास बढाउन सुधारको काम गर्नुपर्ने र त्यसमा आफू प्रतिवद्ध रहेको बताएका छन् ।
कानुन दिवसका अवसरमा वक्तव्य जारी गर्दै उनले न्यायपालिकाको विकृति नियन्त्रणका लागि गठन भएको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन् ।
‘न्यायिक मूल्य मान्यतामा भएको क्षयीकरणलाई निस्तेज गर्दै स्वतन्त्र न्यायपालिका सम्बन्धी मान्यता, संवैधानिक सर्वोच्चता, नागरिकको हकअधिकारको संरक्षणलगायत विधिको शासनको पालनामा न्यायपालिका प्रतिबद्ध भएर अगाडि बढिरहेको छ’ कामु प्रधानन्यायाधीश कार्कीले वक्तव्यमा भनेका छन्, ‘न्यायपालिकाप्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागि छिटो छरितो, विश्वसनीय एवम् गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ-आˆनो क्षेत्रबाट थप क्रियाशीलता देखाउन आवश्यक छ ।’
उनले न्यायपालिकामा हुनसक्ने विकृति विसंगती पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेस गरेको प्रतिवेदनले औल्याएका सुझावहरू कार्यान्वयन भइरहेको र क्रमशः हुँदै जाने प्रतिवद्धता जनाएका छन् ।