भरतपुर महानगर : बागी उम्मेदवारी फिर्ता नलिने पौडेलको अडान कायमै
भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आज बिहान पनि उम्मेदवारी फिर्ता गराउने प्रयासस्वरुप पौडेलका समर्थक कृष्णलाल सापकोटा लगायतका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।
तर सो छलफल टुंगोमा नपुगेको चितवन कांग्रेसका एक नेताले बताए । ‘उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकले नै उम्मेदवारी फिर्ता लिन मान्नु भएन,’ ती नेताले भने ।
सत्ता गठवन्धनतर्फबाट भरतपुर महानगरको मेयरमा रेनु दाहालले उम्मेदवारी दिएकी छन् ।