दाङमा ७ पालिका प्रमुखसहित २१० जनाको उम्मेदवारी फिर्ता
दाङमा सात जना पालिका प्रमुखसहित २१० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएका धर्मराज (जैसी) पाण्डेय र घोराहीको मेयरमा उम्मेदवारी दिएका श्रीमन न्यौपाने जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै लमहीमा ९ जनाले उमेदवारी फिर्ता लिएका छन् । राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै गढवामा ८, दंगिशरणमा १३, बंगलाचुीमा १, बबइमा १४, राजपुर र शान्तिनगरमा ५ जनाले उमेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
दाङमा पार्टी र स्वतन्त्र गरी २४ सय १२ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका थिए । विभिन्न पदमा उमेदवारी दिएका २ हजार २०२ जनाको अन्तिम नामावली सार्वजनिक गरिएको छ । यस पटकको निर्वाचनमा दाङमा ४ लाख ४ हजार ९ सय जना मतदाता रहेका छन् ।
१५३ मतदान स्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । निर्वाचन सफल पार्न तीन हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । स्वतन्त्ररुपमा उमेदवारी दिएका र साना दलका उमेदवारलाई आजमात्रै चुनाव चिह्न प्रदान गरिने भएको छ ।