अमेजन जंगलमा हराएको झन्डै चार हप्तापछि भेटिए ६ र ८ वर्षीय दाजुभाइ
ब्राजिलको अमेजन जंगलमा हराएका दुई जना बालक झन्डै चार सातापछि भेटिएका छन्। ८ वर्षीय ग्लाउको फेरेरा र ६ वर्षीय ग्लेसन फेरेरा दाजुभाइ हराएको झन्डै चार हप्तापछि भेटिएको बिबिसीले जनाएको छ।
उनीहरू अमेजनस राज्यको मनिकोरे नजिकैको जंगलमा चरा समात्न खोज्दा गत फेब्रुअरी १८ मा हराएका थिए।
झन्डै चार हप्तापछि मंगलबार उनीहरूलाई स्थानीय रूख काट्ने मान्छेले गाउँभन्दा छ किलोमिटर टाढा भेटेका हुन्।
बिबिसीका अनुसार एक जना बालकले नजिकै रूख काटिरहेको आवाज सुनेपछि सहायताको लागि चिच्याएका थिए। सोही आवाज पछ्याउदै जाँदा रूख काट्ने मान्छेले उनीहरूलाई जंगलमा भोको र कमजोर अवस्थामा फेला पारेका हुन्।
आपकालीन सेवाले फेब्रुअरी २४ देखि उनीहरूलाई खोज्न छाडेका थिए। तर स्थानीयले भने खोज जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
ब्राजिलको लोकल मिडियाका अनुसार उनीहरूले आमाबुवालाई भेटेपछि जंगलमा हराउँदा केही पनि नखाएको र पानीमात्र खाएर बसेको बताए।