सुन तोलाको एक लाख नजिक
शुक्रबार सुन तोलामा नौ सयले बढेर ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यो बिहीबारको तुलनामा नौ सय रूपैयाँले बढी हो।
बिहीबार सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदी १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३६ अमेरिकी डलरमा कोरोबार भइरहेको छ।