९ किलो ८०० ग्राम गाँजासहित ५ जना मकवानपुरबाट पक्राउ
मकवानपुर प्रहरीले ९ किलो ८०० ग्राम लागूऔषध गाँजा, गाडीसहित ५ जनालाई पक्राउ गरेको छ ।
भिमफेदी गाउँपालिका-२ भैसे चेकपोष्टमा भिमफेदीबाट हेटौडातर्फ आउदै गरेको सवारीलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका- ३२ वर्षीय सविन रिजाल, २५ वर्षीय सोम सिंह घलान, ६० वर्षीया जुठीमाया घलान, ६७ वर्षीय मानबहादुर घलान र ५० वर्षीय सञ्चार सिंह घलान रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ९ किलो ८०० ग्राम गाँजा बरामद गरेको छ ।