विश्व बैंकमा नेपालका लागि १५ करोड डलर ऋण स्वीकृत
विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको बैंकले जानकारी दिएको छ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले यो परियोजनाले नेपालको वित्तीय क्षेत्र बलियो बनाएर हरित, लचिलो र समावेशी पुनरुत्थान र वृद्धि मार्गमा योगदान पुर्याउने दाबी गरेका छन् । दोस्रो फाइनान्स फर ग्रोथ अपरेसनले कोभिड--१९ महामारीको प्रभावको सन्दर्भमा वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रको पर्यवेक्षणलाई बढावा दिने बैंकको दाबी छ ।