बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ
बैंकिङ कसुरमा अदालतले कैद र जरिवाना तोकेका व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं-२६ सामाखुसीका ५२ वर्षीय काजी गुरुङ रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार सामाखुसीबाट पक्राउ गरेको हो।
ब्युरोका अनुसार गुरुङलाई उच्च अदालत पाटनले चालीस लाख जरिवना र ६ दिन कैद हुने ठहर गरेको थियो।
फागुन १ गते अदालतले दोषी ठहर गरेयता गुरुङ फरार थिए। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गुरुङलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पठाइएको छ।
गुरुङले एभरेष्ट बैंक गोंगबुमा रहेको आफ्नो खाताबाट अपुग रकम भएको चेक दिएपछि पीडित प्रहरीमा पुगेका थिए।