शेखर कोइराला पक्षले नेविसंघ र तरूण दलको भेला गर्दै
नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले नेविसंघ र तरूण दलको छुट्टै भेला बोलाएका छन्।
आज दिउँसो १ बजे बत्तिसपुतलीमा भेला हुने भएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघ सभापतिमा दुजाङ शेर्पा र तरूण दल अध्यक्षमा विद्वान गुरूङलाई मनोनीत गरेसँगै कोइराला पक्ष असन्तुष्ट छ।
सभापति देउवाले नेविसंघ र तरूण दलको महाधिवेशन प्रतिनिधिसभा र प्रदेश सभा चुनाव भएको तीन महिनाभित्र गरिसक्न समय दिँदै भातृ संस्थामा नेतृत्व चयन गरेका थिए।
तर अध्यक्षहरू मनोनीत गर्दा शेखर पक्षसँग परामर्श नगरिएको गुनासो छ। साथै महाधिवेशन गर्नका लागि बनाइएको समितिमा अध्यक्ष मात्रै चयन गरेर कार्यसमिति नबनाएकोमा पनि विरोध भइरहेका छन्।