सुकुमबासीका छाप्रामा निकुञ्जले लगाइदियो आगो
चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका वडा नं. ९ कुसुमखोलाका सुकुमबासीका १० छाप्रामा आगो लगाइदिएको छ ।
निकुञ्जको क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै १० परिवार बस्दै आएका छाप्रामा आइतवार दिउँसो निकुञ्जले आगो लगाएको हो । आगलागीबाट सबैजसो छाप्रा जलेर नष्ट भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कुमुसखोलाका सुकुमबासीहरूलाई अन्यत्रै स्थानान्तरण गरिसकेपछि पनि केही व्यक्तिहरू आएर पुनः छाप्रा हाल्न थालेपछि हटाउने प्रयास गरिएको तर नटेरेपछि आगो लगाइएको बताए ।
त्यहाँ आगो लगाएको फोटो नखिच्न निकुञ्जका अधिकारीहरुले चेतावनी दिएका थिए । हात्तीसहित गएका निकुञ्जका कर्मचारीहरुले कसैले फोटो र भिडियो खिचे कारर्वाही गर्ने बताएका थिए ।