लायन विष्णु भाई श्रेष्ठ लायन्स क्लव इनटरनेशनल डिष्ट्रिक गर्भनरमा निर्वाचित
लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक अन्र्तगत 325A1को दशौँ तथा अन्तिम कन्भेन्सन बाट प्रस्तावित डिष्ट्रिक D को लायन बर्ष २०२२/२३ का लागी गर्भनर पदमा लायन्स क्लब अफ काठमाडौँ गोकर्णेश्वरका लायन विष्णु भाई श्रेष्ठ PMJF निर्वाचित हुनुभएको छ ।
श्रेष्ठसँग प्रतिस्पर्धिका रूपमा लायन्स क्लब अफ दोलखा बाट लायन दिपेन्द्र शाक्य MJF हुनुहुन्थ्यो। फस्ट डिष्ट्रिक गर्भनरको रुपमा लायन्स क्लब काठमाडौँ राईजिगं सनका रमेश कुमार लामा MJF निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी सुर्दशन आर्चाय MJF हुनुहुन्थ्यो ।

त्यसैगरी सेकेण्ड भाईस डिष्ट्रिक गर्भनरका रुपमा लायन्स क्लब अफ काठमाडौं जोरपाटीका लायन सुरेन्द्र प्रकाश बालय PMJF हुनुभयो । उहाँको प्रतिस्पर्धी लायन्स क्लब अफ काठमाडौँ मेलभिन्जोन्स लायन योगराज कँडेल हुनुहुन्थ्यो ।
विराटनगरको होटल मनास्लु ईनमा फागुन ७ गते लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक अन्र्तगत 325A1 को दशौँ तथा अन्तिम कन्भेन्सन आयोजना भएको थियो ।
मतदान भर्चुअल बाट भएको थियो ।

लायन विष्णु भाई श्रेष्ठले आफ्नो क्याबिनेट सेक्रेटरीमा लायन्स क्लब काठमाडौँ डाफेँका चार्टर प्रेसिडेन्ट लायन महेश आचार्यलाई नियुक्त गर्नु भएको छ । त्यसै गरी लायन्स क्लब काठमाडौँ साँखुका चार्टर प्रेसिडेन्ट लायन लवकुमार श्रेष्ठलाई क्याबिनेट ट्रेजररको रुपमा नियुक्ति गर्नुभएको छ ।

उहाँहरुको कार्यकाल २०२२ जुलाई १ देखी सुरु हुनेछ ।